Logo

पहिरोका कारण बीपी राजमार्ग अवरुद्व



काठमाडौं । लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध बनेका छन् । बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ स्थित पिप्ले नजिक पहिरोका कारण बाटो बन्द भएको छ ।

यस्तै लमजुङबाट मनाङ जाने र भोजपुरबाट धरान जाने बाटो पनि बन्द भएको राष्ट्रिय आपतकालिन परिचालन केन्द्रले जनाएको छ । बाढीका कारण सडक अवरुद्ध भएपछि उदयपुरको घुर्मी बजारमा दुई दिनदेखि यात्रु अलपत्र परेका छन् ।



प्रतिक्रिया दिनुहोस्