Logo

अदालतबाट फरार रामबोल पक्राउ



काठमाडौं, २७ असार । बैंकिङ कसुरको मुद्दामा प्रहरीले पक्राउ गरेको रामबोल खड्का उच्च अदालत पाटनबाट २४ असारमा फरार भएका थिए । उच्च अदालत पाटनको वाणिज्य ईजलास लगेकोमा फरार उनको खोजी भइरहेको थियो ।

कागेश्वर मनहरा नगरपालिका घर भएका उनलाई प्रहरीले २६ असारको साँझ ग्रिनसिटी गल्लीबाट पक्राउ गर्यो । लुकिछिपी हिंडिरहेका उनलाई भागेको चार दिनमै पक्राउ गर्न प्रहरी सफल भयो ।


प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्