Logo

चार लाख घुस लिने उपसचिव पक्राउ



सुर्खेत, २७ असार । चार लाख घुससहित नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् । कर्णाली प्रदेश डिभिजन वन कार्यालय, सुर्खेतका प्राविधिक उपसचिव भक्त बहादुर लामाले छुट पुर्जाको म्याद थप गराइदिने बहानामा घुस मागेको सूचनाका आधारमा ले पक्राउ गरेको हो ।

 


अख्तियारका अनुसार घुस रकम लिएपछि उनलाई नियन्त्रणमा लिइएको हो । कार्यालय परिसरबाट पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्