Logo

कन्गना रनौटमाथि पत्रकारको बहिष्कार



एजेन्सी, २८ असार । विवाद र चर्चाले घेरिएकी बलिउड स्टार कन्गना रनौट फेरि विवादमा परेकी छिन् । उनलाई हरुले बहिष्कार गरेका छन् ।

मनोरञ्जन विधाका पत्रकारहरुले बहिष्कारको घोषणा गरेपछि कन्गना विवादमा परेकी हुन् । बहिष्कारलाई मुम्बईं प्रेस क्लबले शुक्रबार समर्थन गरेको छ । मिडियाप्रति निकै नकारात्मक तरिकाले प्रस्तुत भएपछि कन्गना बहिष्कारमा परेकी हुन् ।


कन्गनाले यौन दुव्र्यवहारको आरोप लगाउँदै भारतका चर्चित कलाकारहरुमाथि मुद्दा समेत दायर गरेकी छिन् । उनको विगतमा ऋतिक रोशनसँगको सम्बन्ध चर्चामा छ । कन्गनाले करिअरको शुरुवातमा आदित्य पञ्चलीले यौन दुव्र्यवहार गरेको आरोप लगाइरहेकी छिन् । पञ्चलीमाथि प्रहरीमा उजूरी गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्