Logo

देउवा एक वर्ष कार्यकाल थप्दै, केन्द्रीय समिति बैठकमा महाधिवेशन सार्ने प्रस्ताव लगिदै



काठमाडौं, २८ असार । नेपाली काँग्रेसको महाधिवेशन एक वर्ष पछाडि धकेल्नेगरी केन्द्रीय समिति बैठकमा प्रस्ताव जाने भएको छ । सभापति शेरबहादुर देउवासहित उनी निकटस्थहरुको देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकले महाधिवेशन एक वर्ष पछि धकेल्ने गरी प्रस्ताव लाने टुंगो लगाएको हो ।

देउवाको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिदैछ । उनले विधान अनुसार एक वर्ष थप्न मिल्ने प्रावधानलाई प्रयोग गर्दै थप्ने रणनीति बनाएका हुन् ।

काँग्रेसका युवा नेता रामहरि खतिवडाका अनुसार महाधिवेशन एक वर्ष पछाडि मात्र गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव जाँदैछ ।  जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव जाने उनले जानकारी गराए ।

काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिदै आएको थियो । पौडेलले मात्र नभई अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले पनि २०७६ साल फागुनभित्र महाधिवेशन गरिसक्नुपर्नेमा जोड दिदै आएको थियो ।


चार वर्षे कार्यकाल सकिन आठ महिना मात्र बाँकी रहँदा सभापति देउवा निकटस्थले महाधिवेशन सार्नुपर्ने सुझाव देउवालाई दिदै आएका थिए । शनिबार देउवा पक्षधरहरुको आन्तरिक बैठकमा महाधिवेशन सार्ने सुझाव आएको स्रोतले बताएको छ ।

काँग्रेसको जारी केन्द्रीय समिति बैठकले जागरण अभियानको समिक्षा गर्दै आगामी कार्यनीतिबारे छलफल गरिरहेको छ । काँग्रेसभित्र अहिले देखि नै भावी नेतृत्वका दाबेदारहरुले आफ आफ्नो स्थानबाट सक्रियता देखाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्