Logo

राहत वितरण प्रभावकारी बनाउन निर्देशन



प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । प्रदेश २ मा आएको बाढीका सम्बन्धमा आज सुरक्षा निकायका प्रमुखहरुको बैठकमा उहाँले विपद् व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीका लागि उद्धार सामग्रीको व्यवस्थापनको खाँचो रहेको बताउनुभयो ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रदेशमा बाढीबाट भएको जनधनको क्षतिबारे मुख्यमन्त्री राउतलाई जानकारी गराउनुभएको थियो ।

बैठकमा प्रदेश प्रमुख सचिव दीपक सुवेदी, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुखको उपस्थिति थियो ।

प्रदेश सरकारले राहत वितरणका लागि आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई रु १० लाख तथा मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने बैठकमा निर्णय गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्