Logo

उद्धार र राहतमा सहयोग गर्न सांसदहरुलाई सभामुखको आग्रह



काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् ।

सोमबार संघीय संसदको बैठक ९ दिनलाई स्थगित गरेका उनले विज्ञप्ति जारी गरी उनले सांसदहरुलाई विपद पीडितको सहयोगमा खटिन आग्रह गरेका हुन् ।

उनले जारी गरेको अपिलमा भनिएको छ,‘संघीय संसद प्रतिनिधिसभाका माननीय सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु।



प्रतिक्रिया दिनुहोस्