Logo

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य छैन : मन्त्री बाँस्कोटा



काठमाडौं, ३० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनले वर्तमान सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसकिने जिकिर गरेका हुन् ।

आज सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए।

मन्त्री बाँस्कोटाले श्रमजीवी पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चार माध्यमलाई कारबाही गरिनेपनि चेतावनी दिए । उनले सञ्चार माध्यमहरूको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागिपरेको जनाए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्