Logo

निर्मला हत्या प्रकरणः पत्रकार भण्डारीलाई एक घण्टा जेल र एक रूपैयाँ जरिवाना



काठमाडौं, असार ३० । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई एक घण्टा जेल र एक रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो ।

अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका लागि भने स्थगन गरेको छ। त्यसका लागि अदालतले केही सर्त राखेको छ।

जसमा पत्रकार भण्डारीले फेसबुकमा लेखेको स्टाटस हटाउनुपर्ने र आत्मालोचनासहित माफी माग्नुपर्ने उल्लेख छ। पत्रकार भण्डारीले तीन दिनभित्र यी सर्तहरु पूरा नगरेको खण्डमा एक घण्टा जेलमा बसेर र एक रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

अब पत्रकार भण्डारीले तिनदिनभित्र अदालतसमक्ष मागेको माफीसहित आत्मआलोचना पत्रिका छाप्नुपर्नेछ । साथै उनलाई तीनदिनभित्र मानहानी हुने गरी फेसबुकमा पोस्ट गरेका स्टाटस डिलिट गर्नुपर्नेछ ।

यो नगरेको खण्डमा पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ अन्र्तगत एक घण्टाको जेल सजाय र एक रुपैयाँ जरिवाना हुने जनाइएको छ ।उनीमाथि अदालतले गरेको यो फैसला संसारकै लागि नौलो हो । निर्मलाको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्