Logo

प्रधानसेनापति थापा नौ दिन तय भएको भ्रमण आठ दिनमा पूरा गरी अमेरिकाबाट फर्किए



काठमाडौं, असार ३१ ।  पूर्णचन्द्र थापा अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । ३१ असारको दिउँसो थापा फर्किएका हुन् ।

नौं दिने अमेरिकी भ्रमणमा गएका प्रधानसेनापति थापा आठ दिनमै फर्किएका हुन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले भ्रमणका क्रममा अमेरिकी उच्च सैनिक अधिकृतहरुसँग भेटेका थिए ।


थापाले भ्रमणको अन्तिम दिन युएस आम्र्स फोर्सका भाइस चेयरम्यान अफ जोइन्ट चिफ अफ स्टाफ जनरल पाउल जे सेल्भासँग भेटवार्ता गरेका थिए । ३० असारमा अमेरिकी रक्षामन्त्रालय अन्र्तगत दक्षिण एशिया विभाग हेर्ने सुरक्षासम्वद्ध अधिकारीहरुसँग पनि भेटवार्ता गरेका थिए ।


अमेरिका भ्रमणका क्रममा प्रधानसेनापति थापाले द्विपक्षीय हित र सैन्य तथा पारस्परिक सम्बन्धमा छलफल गरेका थिए । भेटमा दुवै सेनाबीच तालिम तथा उच्चस्तरीय भ्रमण आदानप्रदानमा कुराकानी भएको थियो । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यासका विषयमा पनि छलफल भएको बुझिएको छ ।

अमेरिका भ्रमणमा रहँदा प्रधानसेनापति पूर्णचन्द्र थापा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालमा विश्वका एक सय छ मुलुकका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकृतहरुको सहभागिता रहेको चिफ अफ डिफेन्स सम्मेलनमा सहभागी भए । राष्ट्रसंघकै वुमन पिस एण्ड सेक्युरिटी सेमिनारमा पनि प्रधानसेनापति सहभागी भए ।

अमेरिकाले एशिया प्यासिफिकमा नेपाललाई सहभागी गराउन खोजिरहेको चर्चा चलिरहँदा प्रधानसेनापति थापाको अमेरिका भ्रमण भएको हो । नियमित भ्रमण भनिएपनि यसपटक प्रधानसेनापति थापाको भ्रमण अर्थपूर्ण रह्यो । Photos: Nepal Army



प्रतिक्रिया दिनुहोस्