Logo

पाकिस्तानले हवाईमार्ग खोलिदिएपछि भारतलाई मासिक सवा अर्ब बच्ने



काठमाडौं, ३१ असार । पाकिस्तानले भारतलाई पुनः हवाई मार्ग खोलिदिएपछि दुई देशको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । यसले भारतलाई आर्थिक फाइदा पुग्दैछ । उत्तरी भारत हुँदै पश्चितर्फको उडानको समय ७० देखि ८० मिनेट बच्नेछ ।

भारतीय विमान र भारत आउने हरुले पाकिस्तानको बाटो भएर उड्न नपाउँदा निकै लामो मार्ग प्रयोग गर्थे । यस क्रममा भारतलाई मात्र साँढे पाँच अर्ब भारतीय रुपैयाँ नोक्शान परेको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले जनाएको छ । यो रकम नेपाली पौने नौ लाख हुन आउँछ ।

२६ फेब्रुअरीबाट पाकिस्तानले भारतमाथि हवाई मार्ग प्रयोगमा रोक लगाएको थियो । भारतको बालाकोटमा आतंकवादी हमलापछि जवाफमा भारतले पाकिस्तानमा प्रतिआतंकवादी हवाई हमला गरेको थियो । दुई देशबीच तनाव बढेपछि एक अर्कामाथि अवरोध गर्ने क्रममा पाकिस्तानले भारतमाथि हवाई मार्ग बन्द गरेको थियो ।

हवाई मार्ग प्रयोगमा प्रतिबन्ध खोलेपछि युरोपबाट भारत आवतजावत गर्ने विमानको उडान समय डेढ घन्टासम्म घट्नेछ । उत्तरी भारतबाट युरोप र पश्चिम एशियाका लागि उड्ने विमान मुम्बई वा गुजरात पुगेर मात्र समुन्द्री मार्ग हुँदै गन्तव्यतर्फ बढ्थे । पाकिस्तानले हवाई मार्ग खुल्ला गरेपछि सिधा मार्गको प्रयोग गर्न पाउने भएका छन् ।

पाकिस्तानले हवाईमार्ग बन्देज लगाएपछि स्पाइसजेटले दिल्लीबाट काबुलको उडान रद्द गरेको थियो । सिधा उडान गर्न सक्ने विमानहरु तेल भर्न रोकिनुपर्ने अवस्था थियो ।


यसअघि गत महिना किर्गिस्तानको बिस्केकमा आयोजना भएको सांघाई कोअपरेशन अर्गनाइजेशन समिटमा सहभागी हुन जान लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष विमानका लागि पाकिस्तानले हवाई मार्ग खोल्ने निर्णय लिएको थियो । तर, मोदीले पाकिस्तानी मार्ग प्रयोग गरेनन् । Photo: oblity



प्रतिक्रिया दिनुहोस्