Logo

बहिरा दृष्टिविहिन अभिभावक समाजले निर्माण गरेको दिवा सेवा केन्द्रको उद्घाटन



असार ३१, काठमाण्डौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले फरक क्षमता भएका बालबालीकाहरुका लागि उपलब्धिमूलक काम गर्न नसकिएको स्वीकार गरेकी छिन् ।

मङ्गलबार बहिरा दृष्टिविहिन अभिभावक समाजले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले अब भने फरक क्षमता भएका नागरिकका लागि नयाँ कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी पनि गराइन् ।

आफू मन्त्री भएपछि त्यस्ता नागरिकको हक हितका लागि एने नियम निर्माण गर्ने काम सम्पन्न भएको मन्त्री थापाले बताइन् ।

मन्त्री थापाले बहिरा दृष्टिविहिन अभिभावक समाजले निर्माण गरेको दिवा सेवा केन्द्रको उद्घाटन पनि गरेकी छिन् ।

कार्यक्रममा श्रवण दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष कृष्णहरी नेपालले अपाङ्गता भएका व्यक्तिहरुको आधारभूत आवश्यकतालाईसमेत राज्यले वेवास्ता गरेको गुनासो गरेका थिए ।

कृष्णहरी नेपाल, अध्यक्ष, बहिरा दृष्टिविहिन अभिभावक समाज

 

वि.स. २०६२ सालमा स्थापना भएको समाजले श्रवणदृष्टि विहिन भएका बालबालीकाहरुका लागी हक अधिकारको क्षेत्रमा काम गर्दै आएको छ । समाजले वहिरा तथा दृश्टीविहिनका लागि तालिम तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्