Logo

१४९ सालपछिको महा—चन्द्रग्रहण



काठमाडौं, १ साउन । १४९ वर्षपछि अदभूत चन्द्रग्रहण लागेको छ । नेपाली समय अनुसार १२ बजेर २८ मिनेटमा चन्द्रग्रहण शुरु भएको हो ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार करिब दुई घन्टा ५८ मिनेटसम्म खण्डग्रास चन्द्रग्रहण लाग्नेछ ।

१ बजेर ४६ मिनेटमा सुरु हुने खण्डग्रास चन्द्रग्रहणले चन्द्रमालाई ३ बजेर १५ मिनेटमा अत्याधिक ढाक्नेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा पर्दा प्रकाश छेकिएर चन्द्रमामा छायाँ पर्दछ ।

भारतमा चन्द्रग्रहण २ बजेर ४६ मिनेटमा मध्य अवस्थामा हुनेछ । यो समयमा सबैभन्दा स्पष्ट चन्द्रग्रहण हुनेछ । भारतमा ४ बजेर १५ मिनेटमा समाप्त हुनेछ ।

चन्द्रग्रहण दक्षिण एशिया, अष्ट्रेलिया, यूरोप र दक्षिण अमेरिकाबाट देख्न सकिनेछ । खगोलविद्हरुले यो चन्द्रग्रहण अदभूत छ ।
गुरु पूर्णिमाकै दिन चन्द्रग्रहण पर्नु संयोग पनि भएको छ । निल आर्म स्ट्रङले चन्द्रमामा पाइला टेकेको आजकै दिन हो । आजभन्दा ठिक ५० वर्ष अघि पहिलोपटक चन्द्रमामा मानव पाइला परेको थियो ।

हिन्दु धर्ममा चन्द्रग्रहणका क्रममा सुतक परेको मानिन्छ । यस समयमा शुभकार्य गर्न नहुने धार्मिक धारणा छ ।



प्रतिक्रिया दिनुहोस्