Logo

यस्तो देखियो १४९ सालपछिको “विशेष” चन्द्रग्रहण



काठमाडौं, १ साउन । १४९ वर्षपछि गुरुपूर्णिमाका दिन लागेको खण्डग्रास चन्द्रग्रहणको विशेष महत्व रह्यो । नेपाली समय अनुसार १२ बजेर २८ मिनेटमा चन्द्रग्रहण शुरु भएको हो ।

ले चन्द्रमालाई ३ बजेर १५ मिनेटमा अत्याधिक ढाक्यो । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा पर्दा प्रकाश छेकिएर चन्द्रमामा छायाँ पर्दछ ।


चन्द्रग्रहण ४ बजेर ४४ मिनेटमा मध्य अवस्थाम अन्त भयो । विहान ५ बजेर २५ मिनेटमा चन्द्र अन्त भयो ।

चन्द्रग्रहण दक्षिण एशिया, अष्ट्रेलिया, यूरोप र दक्षिण अमेरिकाबाट देखियो । नेपाली आकाशबाट पनि चन्द्रग्रहण देखियो । बादल लागेकाले कतिपय स्थानबाट स्पष्ट अवलोकन गर्न सकिएन ।

गुरु पूर्णिमाकै दिन चन्द्रग्रहण पर्नु संयोग पनि भएको छ । निल आर्म स्ट्रङले चन्द्रमामा पाइला टेकेको ५० वर्ष पुगेकै दिन चन्द्रग्रहण लागेको हो । आजभन्दा ठिक ५० वर्ष अघि पहिलोपटक चन्द्रमामा मानव पाइला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्