Logo

चन्द्रग्रहणको रोचक दृश्यहरु



मुकुन्द कालिकोटे, १ साउन । यसपटक १४९ वर्षपछि विशेष महत्वको तिथिको चन्द्रग्रहणको दृश्य क्यामरामा कैद गर्न रातभरको जाग्राम रोचक रह्यो । उत्साह र आनन्दका साथ चकमन्न रातमा आकाशमा एक्लै जागेजस्तो देखिने चन्द्रमामा विस्तारै छायाँ पर्न थाल्यो ।


मध्यरातमा चन्द्रमामा पर्न थालेको छायाँ विस्तारै बढ्न थाल्यो । नेपाली समय अनुसार १२ बजेर २८ मिनेटमा लाग्न थालेको ग्रहण चार घन्टा भन्दा बढी रह्यो ।

खण्डग्रास चन्द्रग्रहण ३ बजेर १५ मिनेटमा अत्याधिक देखियो । ४ बजेर ४४ मिनेटमा अन्त भयो ।


यस वर्ष चन्द्रग्रहणको महत्व विशेष रह्यो । गुरु पूर्णिमाकै दिन चन्द्रग्रहण पर्नु संयोग रह्यो । आजभन्दा ५० वर्ष अघि यसै दिन निल आर्म स्ट्रङले चन्द्रमामा पाइला टेकेको थिए । त्यसैले पनि चन्द्रग्रहण हेर्न र क्यामरामा कैद गर्न पाउँदाको अवसर खेर फालिएन ।
तस्वीरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्