Logo

हत्या गरी फरार हुँदा २४ पक्राउ पर्दा ४१ वर्ष



धादिङ, १ साउन । विवाहमा विवाद भएपछि ८ वैशाख २०५९ मा धादिङको आगिन्चोक गाविस ६ मा झडप भयो । कुटपिटका क्रममा ६४ वर्षीय लिलामान परियारको मृत्यु भयो ।

१७ वर्ष अघि भएको घटनामा कुटपिटमा संलग्न मदन परियार फरार भए । त्यतिबेला मदन २४ वर्षका थिए । गोरखा कान्द्राङ घर भएका लिलामानको कुटपिटका क्रममा मृत्युपछि फरार मदनलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १७ ढल्कुमा बस्दै आएका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा धादिङ जिल्ला अदालत समक्ष म्याद अनुमतीका लागि पेश गरिउको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्