Logo

दुई वर्षीया बालिका ६० वर्षकाबाट बलात्कृत



अर्घाखाँची, १ साउन । दुई वर्षीया बालिकामाथि बलात्कार गर्ने व्यक्ति पक्राउ परेका छन् । ६० वर्षका टेकबहादुर पुनले बालिकामाथि बलात्कार गरेको खबरका आधारमा ३१ असारमा अर्घाखाँचीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुन अर्घाखाँची, सितगंगा नगरपालिका-१२ दुई घुम्तीका हुन् । पीडित बालिका कपिलबस्तु बुद्धभूमी नगरपालिकाकाकी हुन् । बलात्कारको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँची र प्रहरी चौकी पथ्थरकोट कपिलबस्तुबाट संयुक्त रुपमा खटिएको प्रहरीले पुनलाई पक्राउ गरेको हो ।

यसैगरी, धादिङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका(४ बस्ने २७ वर्षीय प्रकाश तिमल्सिनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्