Logo

पीडितसंग नभेटी फर्कियो पूर्वप्रम तथा मन्त्रीहरुको टोली



पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको उच्चस्तरीय टोलीले आज बाढीबाट सप्तरीको अति प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको निरीक्षण अनुगमन गरेको छ ।

केही दिनअघि लगातारको वर्षाका कारण आएको बाढीले सप्तरीमा पु¥याएको क्षतिको अवलोकन गर्न र वास्तविकता बुझ्न पूर्व प्रधानमन्त्री नेपाल मन्त्री र सांसदहरुको टोलीसहित तिलाठी गाउँ पुग्नुभएको हो ।

टोलीले बाढी तथा डुबानले पु¥याएको क्षति र राहतको अवस्थाबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसहित स्थानीयवासीसँग बुझेको छ । तिलाठी कोइलाडी गाउँपालिका– १ तिलाठीको स्थलगत भ्रमण गरी बाढीको अवस्थाका बारेमा जानकारी लिनुभएको प्रजिअ सुरेन्द्र पौडेलले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालसहित उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का, सांसदहरु अनील झा, प्रभु साह, राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश नं २ का कृषिमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वसांसद अमर मण्डलसहितले तिलाठीको अवस्थाका बारेमा स्थलगत भ्रमण गरी जानकारी लिनु भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्