Logo

बाढी पीडितलाई राहत दिन सरकार चुक्यो : नेतृ भुषाल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुषालले वर्तमान सरकार बाढि, पहिरो र डुवान पीडितलाई राहत दिने काममा चुकेको आरोप लगाएकी छिन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको कार्यक्रम ‘नेपाल बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुषालले यस्तो टिप्पणी गरेकी हुन् ।

हरेक वर्ष बाढि, पहिरो र डुवानको समस्या हुँदै आएकोले यसबाट बच्नको लागि सरकारले पूर्व तयारी केही पनि नगरेको उनको गुनासो छ । त्यतिमात्रै नभएर सरकारले पीडितहरुको उद्धार तथा राहतको लागि पनि केही पनि काम गर्न नसकेको उनको आरोप छ ।

सरकारले बाढि, पहिरोको जनताको पीडालाई सदनको विषय बनाउन नचाहेको पनि उनले टिप्पणी गरिन् । आफूहरुले यस्तो विपतिको बेलामा सबै दलबीच सहमति, सहकार्य र एकता हुनुपर्छ भनेर संसदको बैठक राख्न आग्रह गरेको भएपनि सत्तापक्षले त्यो आवाज नसुनेको उनले जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस्