Logo

“धार्मिक द्वन्द्वको उद्देश्यले बुद्धको मूति तोडफोड”



काठमाडौं, २ साउन । नेपाली काँग्रेसले गौतम बुद्धको मूर्ति तोडफोडको घटनाको भत्र्सना गर्दै देशमा धार्मिक द्वन्द्वको नियोजित उद्देश्यले घटाइएको निष्कर्ष निकालेको छ । २ साउनमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रेस विज्ञप्तिमार्फत् धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा भएको निष्कर्ष निकाल्दै घटनाको निन्दा गरेको हो ।

तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गको बीच भागमा राखिएको गौतम बुद्धको मूर्ति तोडफोड भएको थियो । काँग्रेसले विज्ञप्तिमा भनेको छ, विश्वमा नेपाललाई चिनाउने शान्ति र सहअस्तित्वलाई प्रेरित गर्ने भगवान गौतमबुद्धको मूर्तिहरुलाई तोडफोड गर्नु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान हो ।

धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्य अत्यन्त निन्दनीय एवं घोर आपत्तिजनक भएको विज्ञप्तिमा भनिएको छ । काँग्रेसले घटनाको सत्यतथ्य छानविन गरी यसमा संलग्न दोषीलाई यथाशीघ्र कानूनी कारवाही गर्न माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्