Logo

मकैंबारीमा बालिका बलात्कार



तनहुँ, २ साउन । पाँच वर्षीया बालिकामाथि बलात्कार गर्ने १९ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिकाको तल्लो नरङ्गा बस्ने नविन थापा मगरलाई १ साउनमा प्रहरीले पक्राउ गरेको हो ।

नविनले बालिकालाई नरङ्गास्थित मकैबारीमा लगेर बलात्कार गरेका थिए । घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र तनहुँस्थित अस्थायी प्रहरी पोष्ट कलेष्टिबाट खटिएको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।

पछिल्लो समय बालिकामाथि यौन दुव्र्यवहारको घटना बढिरहेको छ । प्रहरीले घटनाका अभियुक्तहरुलाई पक्राउ गर्ने क्रम पनि बढेको छ । विगतमा बलात्कारको घटनामा मौन हुने गरिएपनि पछिल्लो समय उजूरी बढ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्