Logo

बद्री पंगेनीको यस्तो धम्की



काठमाडौं, साउन ३ । चर्चीत लोक गायक बद्री पंगेनीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौमा उजुरी परेको छ । गायक पंगेनीसहित उनका साथीहरु विजय सिंह, सुवास अधिकारीले संयुक्त रुपमा काठमाडौँ प्लाजामा सञ्चालन गरेको निरमाया दोहोरी साझाँ काम गरेको रकम माग्न जाने सितापाईला निवासी निमा दोर्ची शेर्पालाई ज्यान मार्ने धम्कि सम्म दिएपछि पंगेनीसहित ३ जना विरुद्ध उजुरी परेको हो ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डैँ ५५ लाख रुपैयाँ बढीको लागत दोहरी साँझाँमा नयाँ डेकोरेसन गरेको र काम सम्पन्न गरेको ३ महिना पछि पैसा माग्न जादा पटक पटक धम्की दिएपछि आफु बाध्य भएर प्रशासनमा जान परेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्