Logo

सरकार र विप्लवबीचको लेनदेन पारदर्शी हुनुपर्छ : अध्यक्ष काफ्ले



काठमाडौं, ३ साउन । जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुवासराज काफ्लेले वर्तमान सरकारका कारण मुलुक समाजवादी गन्तव्यमा पुग्न नसक्ने दाबी गरे । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘यो सरकारले मुलुकलाई समाजवादी बाटोतर्फ लैजान सक्दैन् । प्रधानमन्त्री ओलीले झुक्याउने र झुक्किने नाटक गर्नुभयो । अब हामीले टिभीमा सिरियल हेर्नुपर्दैन् ।’

उनले वर्तमान सरकारलाई सुतेर बसेको स्यालको संज्ञा दिए । सरकार र विप्लवबीचको वार्ता पारदर्शी हुनुपर्ने उनको माग छ । उनले भने,‘मुलुकलाई अब धेरै द्वन्द्वमा नधकेलौं । सरकार र विप्लवबीचको वार्ता जनतालाई थाहा हुनुपर्छ । लेनदेन जनताले थाहा पाउनुपर्छ भन्ने हाम्रो भनाई हो ।’



प्रतिक्रिया दिनुहोस्