Logo

५० हजार घुससहित इन्जिनियर रङ्गेहात पक्राउ



सर्लाही, ३ साउन । ५० हजार घुससहित रामनगर गाउँपालिकाका इन्जिनियर रामजी बाबु यादव पक्राउ परेका छन् । गाउँपालिकाको बजेटबाट विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकन सहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराइदिएवापत घुस लिएका उनलाई अख्तियारले २ साउनमा रङ्गेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार घुस मागिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । घुस रकमका लागि उनी अशोका होटल पुगेका थिए । मलंगवाको अशोका होटलमा सेवाग्राहीले घुस दिएपछि यादव पक्राउ परेका हुन् ।

अख्तियारले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्