Logo

योजनावद्ध तरिकाले विप्लवलाई खटाइएको डा. सुरेन्द्र केसीको खुलासा (भिडियो सहित)



काठमाडौं, ३ साउन । प्राध्यापक डा सुरेन्द्र केसीले नेत्रविक्रम चन्द विप्लवलाई योजनावद्ध तरिकाले अहिलेको

गतिविधिमा खटाइएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा २ साउनमा बोल्दै उनले योजनावद्ध तरिकाले पठाइएका उनलाई योजनामुताबिक नै ल्याइने खुलासा समेत गरे ।

‘विप्लवलाई कुनै उद्देश्यले योजनावद्ध तरिकाले पठाइएको हो,’ डा। केसीले भने,‘योजनामुताबिक नै उनलाई ल्याउन सकिनेछ ।’ विप्लवको समस्या सृजना हुनुमा वर्तमान राजनीतिक नेतृत्व दोषी भएको आरोप लगाए ।

जातीय र क्षेत्रीयका अलावा साम्प्रादायिक मुद्दा उठाएर देशलाई समस्यामा पारेकाले विप्लव जन्मिएको बताए । उनले राजनीतिक अपरिपक्वताले देश समस्यामा परेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्