Logo

दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दिक्षितको निधन



एजेन्सी, ४ साउन । दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दिक्षितको निधन भएको छ । कँग्रेस आईकी नेतृ दिक्षितको ४ साउनमा दिल्लीस्थित उनकै निवासमा निधन भएको हो ।

८१ वर्षीय दिक्षितको हृदयघातबाट निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९९८ देखि २०१३ सम्म लगातार दिल्लीको मुख्यमन्त्री बनेर इतिहास रचेकी दिक्षितले पछिल्लो समय लगातार चुनाव हारेकी थिइन् ।

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको विश्वासपात्र उनी मन्त्री समेत बनाइएकी थिइन् । दिक्षित तीनपटक दिल्लीको मुख्यमन्त्री बनेकी थिइन् ।

भारतका महिला नेताहरुमध्ये शिला दिक्षितको विशेष स्थान छ । उनको पालामा दिल्लीले भौतिक विकासमा निकै प्रगति हासिल गरेको थियो । महिलाको अधिकारका क्षेत्रमा दिक्षितले महत्वपूर्ण योगदान पुर्याएकी थिइन् । Photo: Lahren



प्रतिक्रिया दिनुहोस्