Logo

अमेरिकाले ड्रोन झारेको दाबी झुट भएको इरानको भिडियो प्रमाण



एजेन्सी, ४ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीको समुन्द्रमा इरानी ड्रोन झारेको दाबी गरिरहँदा इरानले झुट भन्दै भिडियो सार्वजनिक गरेको छ । ४ साउनमा इरानको राष्ट्रिय टेलिभिजनले भिडियो फुटेज सार्वजनिक गर्दै आफ्नो ड्रोन अमेरिकाले नझारेको दाबी गरेको छ ।

भिडियोमा युद्धपोत जहाज वरपरको हवाई दृश्य देखाइएको छ । जसमा खसालिएको भनिएको ड्रोनले भिडियो खिचिरहेको देखाइएको छ ।
३ असारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ड्रोन खसालेको दाबी गरेका थिए । दुई देशबीच तनाव बढिरहँदा पछिल्लो समय एक अर्काले विभिन्न किसिमका दाबी गरिरहेका छन् ।

अमेरिकाले इरानमाथि आक्रमण गर्न खोज्दा अन्तिम समयमा रोकेको थियो । खाडीमा युद्धको बादल मडारिइरहँदा पछिल्लो क्रिया प्रतिक्रिया आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्