Logo

प्रचण्ड प्रधानमन्त्री बन्दा बधाई दिने पहिलो व्यक्ति मै हुन्छु : वैद्य (भिडियोसहित)



साउन ४, काठमाण्डौ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने दावी गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्युनिष्ट शाषन स्थापन गरेरै छाड्ने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल सच्चा कम्युनिष्ट बन्ने नसकेको पनि वैद्यले बताए ।

वैद्यले अहिले प्रतिबन्धमा परेको नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग तत्काल एकता नहुने पनि स्पष्ट पारेका छन् । विप्लव नेतृत्वको नेकपाले हतियारको राजनीति नछोडेसम्म एकता नहुने बताएका हुन् ।

उनले ओली नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको आरोप पनि लगाए । सत्तारुढ दलभित्रको विवादले जुनसुकै बेला प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि उनको टिप्पणी छ । वैद्यले प्रचण्डसँग आफ्नो कुनै दुश्मनी नभएको भन्दै उनी प्रधानमन्त्री बनेमा बधाई दिन जाने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्