Logo

साइकलको नाममा यसरी मन्त्री पण्डितले पेट्रोलमा भ्रष्टाचार गरेको आरोप (भिडियोसहित)



जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने जनजाती महासंघको घोषणा

साउन ४, काठमाण्डौ । लोकसेवा आयोगको कर्मचारी भर्नासम्बन्धी विज्ञापन विवादमा पर्यो । राज्य व्यवस्थाले रद्ध गर्न निर्देशन दियो । तर रद्ध गरिएन । सर्वोच्चमा रिट पर्यो । सर्वोच्चले पनि विज्ञापनकै पक्ष लियो ।

यसै सन्दर्भमा आदिवासी जनजाती महासंघका अध्यक्ष जगतबहादुर बरामले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजिनामा मागेका छन् । संविधान विपरित जनजातीलाई उपेक्षा गरेर विज्ञापन निकाल्न लगाएको भन्दै मन्त्री पण्डितको विरोध गरेका हुन् ।

कार्यक्रममा दिल निशानी मगरले पनि मन्त्री पण्डित भ्रष्ट भएको आरोप लगाउँदै आफूसँग प्रमाण नै भएको जिकिर गरे ।

विगतमा साइकल चढेर लोकप्रिय बनेका पण्डितले अहिले गाडी चढेर पेट्रोलमा भ्रष्टाचार गरेको आरोप पनि लगाइएको छ ।

मगरले आदिवासी जनजाती समुदायको भावनामा मन्त्री पण्डितले ठेस पुर्याएको अरोप लगाए । त्यसैगरी लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई पनि जनकारबाही गर्ने चेतावनी मगरले दिए ।

साध्य बहादुर भण्डारीले भने लोकसेवाले निकालेको विज्ञापनको बचाउ गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्