Logo

मन्त्री यादवले खाए स्वकीय सचिवसहित दुई पिएको जागिर



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्वकीय सचिव सन्तोष विष्टलाई आर्थिक चलखेल गरेको अभियोगमा हटाएका छन् ।

मन्त्री यादवले विष्टलाई मन्त्रालय र निवासमा छिर्न समेत रोक लगाएको स्रोतले जनाएको छ । विष्टले पद र शक्तिको दुरुपयोग गरेर आर्थिक लाभ लिने कार्य गरेको भन्दै उजुरी गरेपछि मन्त्री यादवले उनलाई हटाइएका हुन् ।

विष्ट कुनै बेला मातृका यादवले नेतृत्व गरेको नेकपा माओवादी नामक पार्टीको विद्यार्थी संगठनको अध्यक्ष भएर काम गरेका थिए । यादवको विश्वास पात्र भएकै कारण विष्टले धेरै अवसर पाएका थिए ।

विष्टलाई मन्त्री यादवका बारेमा धेरै जानकारी छ । मन्त्री यादवले स्वकीय सचिव विष्टसंगै अन्य २ जना सचिवालयमा कार्यरत पिएहरूलाई पनि हटाएका छन् ।मन्त्री यादवले विष्टलाई हटाएर सो ठाउँमा देवशरण यादवलाई नियुक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्