Logo

हनिमुन मनाउन दार्जिलिङ पुगेका जोडीको यस्तो हर्तक, भिडियोसहित



काठमाडौं, साउन ५ । संसारलाइै नै अचम्म पार्ने घटना भारतको उत्तर प्रदेश स्थित अलीगढको हो ।

गत डिसेम्बरमा मात्र बिहे गरेका एक जोडीको हनीमूनको समयमा एक होटलमा गरेको हतर्कलेको भिडियो भारतीय समाचार माध्ययले सार्वजनिक भएको छ ।

भिडियोमा देखिए अनुसार होटलमा रहेको नव विवाहित श्रीमानले श्रीमतीलाई जबरजस्ती रक्सी खुवाएपछिको घटनालाई देख्न सकिन्छ ।

घटना मार्चको भएपनि खुलासा भने अहिले मात्र भएको छ । पत्नीले माइतीमा आएर यो घटनाबारे बताएपछि पुलिसमा उजुरी गर्दा घटना सार्वजनि भएको हो ।

पीडित महिलाका अनुसार उनको घरमा महिला पुरुष सबै रक्सी पिउँथे । श्रीमानले उनलाई पनि जबरजस्ती रक्सी खुवाउँथे ।

पति ऋषभ आइपीएलमा सट्टा लगाउँथे । उनले यसअघि नै ४५ लाख सट्टामा हारिसकेका थिए । हारेको पैसा ल्याउन पूरा परिवार उनलाई दबाब दिन्थे ।

यतिमात्र होइन ऋषभ बन्दुक देखाएर उनको अश्लील भिडियो बनाएर ब्ल्याकमेल गर्न चाहन्थे । यही उद्देश्यले उनले हनीमुनको बहाना बनाएर आफ्ना बहिनी ज्वाइँको साथमा पीडित महिलालाई दार्जिलिङ लिएर गए ।

जहाँ होटलको कोठामा जबरजस्ती रक्सी पिलाउन प्रयास भयो । नमानेर उनी कोठाबाट बाहिर निस्किन् । त्यसपछि ऋषभ र उनकी बहिनीले फुटेको गिलासको टुक्रा उनको मुखमा कोचिदिए ।

त्यसपछि युवतीले माइत गएर सबै कुरा भनिन् । केही समय त युवतीका मातापिताले ऋषभ सुध्रिने हुन् कि भनेर पर्खेर बसे तर जब सुध्रिने संकेत देखिएन त्यसपछि पुलिसमा उजुरी गरे । पुलिसले यस विषयमा कारवाही अगाडि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्