Logo

किशोरीलाई चार दिनसम्म तीन जनाबाट जर्बजस्ती करणी



काठमाडौं, ५ साउन । १८ वर्षीया किशोरीलाई तीन जनाले ललाईफकाई लगे । चार दिनसम्म राखेर जर्बजस्ती करणी गरे । घटनाको सूचना पाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ ।

ललितपुर बस्ने किशोरीलाई जबरजस्ती करणी गनेृमा २७ वर्षीय टेकलाल गिरी, ४५ वर्षीय कुमार खड्गी र ४३ वर्षीय बखतबहादुर माझी छन् ।

महानगरीय प्हरी वृत्त बानेश्वरबाट खटिएको टोलीले तीनै जनालाई भीमसेनगोलाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

कम उमेरकी केटीलाई करणी गरेको सावित भएमा तीनजनालाई कडा कारबाही हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्