Logo

गाँजा तस्कर समूहसँग गोली हानाहान



हेटौंडा, ५ साउन । एउटै व्यक्तिबाट पेस्तोल र गाँजा बरामद भएको छ । प्रहरीले तस्कर समूहसँग गोली हानाहानपछि एक व्यक्तिलाई ३५ केजी गाँजा र हतियारसहति पक्राउ गरे हो । बाँकी तस्कहरु फरार भउका छन् ।

प्रहरीका अनुसार मनहरी गाउँपालिका(९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका-१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध गाँजा सहित ५ साउनको बिहान पक्राउ गरिउको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४र५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरिएको प्रहरीले जनाएको छ।

अन्य फरार व्यक्तिहरुको तदारुकताकासाथ खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्हरलिे बताएको छ ।



प्रतिक्रिया दिनुहोस्