Logo

भारतीय लागूऔषध तस्कर पक्राउ



नेपालगञ्ज, ५ साउन । प्रहरीले लागूओषध तस्करीमा संलग्न भारतीय नागरिकहरुलाई नेपाली भूमिभित्र पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुलाई देशका विभिन्न स्थानहरुबाट पक्राउ गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट भारत रुपहडियाका २२ वर्षीय ईरफान शेखलाई अवैध लागूऔषध ब्राउनसुगर ७ ग्राम सहित ४ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको छ । ५ नम्बर प्रदेश ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी शेखलाई पक्राउ गरेको हो ।

सर्लाही, रामनगर गाउँपालिका-५ स्थित मिलनचोकबाट भारत बिहार सितामाढी बस्ने २५ वर्षिय कुन्दन कुमार कुश्वाहालाई अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्राम सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-१३ असारी किराँत चोकबाट सोही ठाउँ बस्ने २२ वर्षीय रबिन राई लगायत ४ जनालाई नियन्त्रित लागूऔषध फेनारगन १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल र डाईजोल्याप १८ एम्पुल सहित ४ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा केही व्यक्तिहरुले लागुऔषध सेबन गरीरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, उदयपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्हरलिे बताएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्