Logo

स्कुटरमा कालो पदार्थ भेटिएपछि प्रहरीलाई चार हजार घुस !



काठमाडौं, ५ साउन । प्रहरीलाई चार हजार घुस दिन खोजदा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२ टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने नयाँबजार सुनिल तामाङलाई ४ साउनको राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा।७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक तामाङको साथमा चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ ग्राम फेला परेकोले कारबाहीबाट बच्न उक्त नगद दिई प्रलोभनमा पार्न खोजेका थिए । प्रहरकिा अनुसार उनी उनी स्कुटर सहित पक्राउ परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्