Logo

१७ वर्षीय किशोरसँग सुनजस्तो धातु



काठमाडौं, ५ साउन । प्रहरीले सुनजस्तो धातुसहित किशोरलाई पक्राउ गरेको छ । चन्द्रगिरी नगरपालिका-२ नागढुङ्गाबाट रसुवा गोसाईकुण्ड गाउँपालिका-५ स्याप्रुवेशी घर भएका १७ वर्षीय मिन बहादुर तामाङलाई सुन जस्तो देखिने पहेलो २ थान धातु करिब २ किलो सहित ४ साउनको राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तामाङले कालो टेपले बेरी रुमालले कम्मरमा बाँधी लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त धातु सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्