Logo

भाइले कुटेर दाजुको हत्या गरे



सोलुखुम्बु, ५ साउन । भाइले कुटपिट गरी दाजुको हत्या गरेका छन् । घरायसी विवादमा कुटपिट गर्दा दाजु ठहरै भएका थिए ।

प्रहरीका अनुसार दाइलाई कुटपिट गरी हत्या गरको अभियोगमा थुलुङ दुधकोशी गाउँपालिका-९ लोखिम बेशी बस्ने २७ बर्षीय किरण राईलाई ४ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

दाइ जय प्रकाश राईको कुटपिट पछि आफ्नै घरमा मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी सुकेपोखरीबाट र ईलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले अनुसन्धानका लागि किरणलाई प्रकाउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्