Logo

दश वर्षपछि हत्यारा पक्राउ



कास्की, ५ साउन । प्रहरीले दश वर्षपछि हत्या गरी फरारलाई पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका-११ घान्द्रुक बस्ने कर्तब्य ज्यान मुद्दाका फरार प्रतिबादी ५८ वर्षीय कुमार गुरुङलाई ४ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो ।

२०५६ सालको उक्त मुद्दामा फरार गुरुङलाई प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले सोही ठाउँबाट पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्