Logo

जुवाडे पक्राउ जारी



काठमाडौं, ५ साउन । प्रहरीले जुवाखालमाथि तारो बनाउने क्रमलाई निरन्तरता दिएको छ । दैनिकजसो दर्जनौं जुवाडे देशका विभिन्न स्थानबाट पक्राउ पर्दै आएका छन् ।

चन्द्रागिरी नगरपालिका-१३ नैकाप मुखिया गाउँस्थित केदार प्रसाद पौडेलको टहरामा जुवातास खेलिरहेको अवस्थामा पौडेल लगायत ९ जनालाई नगद ४६ हजार ९५ रुपैयाँ र ३ बुक तास सहित ४ साउनको साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास उक्त टहरामा खेलीरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

भक्तपुर, सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने सोही नगरपालिका-९ पलाँसे घर भएका ३५ वर्षीय चिरन थापाको करण क्याफेमा जुवातास खेलिरहेको अवस्थामा थापा लगायत ७ जनालाई ७० हजार १ सय ९५ रुपैयाँ र ३ बुक तास सहित ४ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्याफेमा जुवातास खेलिरहेको छ भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा स्थानीय थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्