Logo

‘ओलीलाई हटाउछौं, ज्ञानेन्द्रलाई राजा बनाउँदैनौ’



काठमाडौं । राप्रपा (संयुक्त) का सह अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफूहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा नबनाउने घोषणा गरेका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लोहनीले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।

लोहनीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएरै छोड्नेसमेतको दाबी गरेका छन् । नेपाललाई विदेशीहरुको ईशारामा धर्मनिरपेक्ष बनाईएको भन्दै उनले दश लाख नेपालीहरु सडकमा उतारेर भएपनि हिन्दूराष्ट बनाएरै छोड्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्