Logo

गच्छेदारले दिल्ली र अमेरिकामा के के गरे, बालुवाटार प्रकरणमा संलग्नता अस्वीकार



काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार भारत र अमेरिकाको भ्रमण पूरा गरी ५ साउनमा फर्किएका छन् । व्यक्तिगत भ्रमणमा निस्किएका उनले दुवै देशमा केही महत्वपूर्ण भेट गरेका छन् ।

स्थलमार्ग हुँदै भारत पुगेर गच्छेदारले महत्वपूर्ण भेट गरेका हुन् । उनी केहीहप्ता पहिले काकडभिट्टाको मार्ग हुँदै बागडोरा एयरपोर्टबाट दिल्ली पुगेका थिए । त्यहाँबाट धार्मिक कार्यक्रममा सहभागी भई केही राजनीतिक भेट गर ।

दिल्लीबाट अमेरिका पुगेका उनले त्यहाँ पनि केही महत्वपूर्ण भेट गरेको बुझिएको छ । अमेरिकाबाट पुनः भारत आई फेरि केही भेटहरु गरे । गच्छेदारको भ्रमण अर्थपूर्ण रह्यो ।

भारतमा रहँदा गच्छेदारले सत्तारुढ भारतीय जनता पार्टीका नेता देखि भारतीय सरकारी अधिकारीहरुसँग भेटेका छन् । काठमाडौं फर्कंदा उनी निकै उत्साही भए । यद्यपि, उनीविरुद्ध बालुवाटारको जग्गा प्रकरणमा भूमिका खेलेको आरोप लागेको थियो ।

गच्छेदारबारे अख्तियारले बयानका लागि बोलाउँदा वेपत्ता भएको सम्मको आारेप लाग्दा उनी टुप्लुक्क काठमाडौं उत्रिए, त्यो पनि त्रिभुवन विमानस्थलको भीआइपी कक्षबाट । उनले आफू बालुवाटार जग्गा प्रकरणमा संलग्न नभएको र अख्तियारलाई सहयोग गर्न तयार भएको अभिव्यक्ति दिए ।

किन गए भारत र अमेरिका

गच्छेदार विराटनगर पुगेर सिधै झापाको काकडभिट्टा नाका कटेर बागडोरा एयरपोर्ट पुगे । त्यहाँबाट दिल्ली पुगेका उनी केह धार्मिक कार्यक्रममा सहभागी भए । भारतका धर्मगुरु श्री श्री रविशंकरलाई गच्छेदारले भेटे । रविशंकर धर्मगुरु मात्र नभई भारतको राजनीतिक र कर्मचारीतन्त्रसम्म बलियो पहुँच भएका व्यक्ति हुन् ।

रविशंकरको माध्यमले उनले केही महत्वपूर्ण भेट गरे । स्रोतका अनुसार गच्छेदारले सत्तारुढ भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघका प्रभावशाली पदाधिकारीहरुसँग भेटेका छन् । विशेषगरी हिन्दु धर्मसँग नजिक संघसंस्थाका गुरु तथा पदाधिकारीसँग उनको भेट अर्थपूर्ण रहेको छ । उनीहरुले नेपालमा धार्मिक मुद्यामा चासो व्यक्त गरेका थिए ।

भारतीय जनता पार्टीका नेताहरुबाट नेपालमा हन्दु अधिराज्य कायम हुनुपर्ने विषय उठिरहँदा भारत पुगी गच्छेदार धार्मिक कार्यक्रममा सहभागी हुनुले निकै महत्व राख्छ । उनले धार्मिक मुद्यामा चासो राख्नेहरुसँग भेट्नु अर्थपूर्ण छ ।

नेपाली काँग्रेसभित्र पनि हिन्दु राज्यको मुद्या जर्बजस्त उठिरहेको छ । यसलाई अझ बलियो बनाउन नेपाल र भारत दुवैतरका शक्त सक्रिय रहँदै आएका छन् । गच्छेदार धार्मक कार्यक्रम र धार्मिक गुरुहरुसँग भेट्नुले यो मुद्यामा कत्तिको असर पर्छ हेर्न बाँकी छ ।

राजनीतिमा यु(टर्न हुनसक्ने गच्छेदार धर्मको मुद्यामा मौन रहँदै आएका छन् । उनले भारत पुगी धार्मिक संघसंस्थाका नेताहरुसँग भेटेपछि चाल्ने कदमबारे चासो बढ्न सक्छ ।

प्रष्ट बोल्ने र कडा शैलीका गच्छेदार राजनीतिक सहमति र सत्ताको अंकगणित मिलाइदिनसक्ने नेता हुन् । उनले विगतमा नमिलेका कतिपय शक्तिलाई मिलाएका थिए । विदेश सम्बन्धमा कमजोर देखएका गच्छेदारले यसपटक भारत पछि अमेरिका भ्रमण गरेर विदेश सम्बन्ध बलियो बनाउन खोज्दैछन् ।

भारतबाट गच्छेदार सिधै अमेरिका गए । उनको अमेरिका भ्रमण छोरा भेट्नका लागि भनिएपनि राजनीतिक उद्देश्य समेत रहेको छ । Photo: File



प्रतिक्रिया दिनुहोस्