Logo

हेमा, गीताञ्जली, रेखा र शिल्पासँग छविराजको चलेन घरजम



रिपोर्टर्स नेपाल । चलचित्र निर्देशक निर्माता छविराज ओझासँग विवाह गर्नु अघि शिल्पा पोखरेलले भनेकी थिइन्, अब मसँग पनि सम्बन्ध टिकेन भने उहाँको कोहीसँग पनि टिक्दैन । तीन पत्नीसँग बिछोड भोगिसकेका छविराजसँग आधाभन्दा कम उमेरकी शिल्पाले विवाह गर्नु अघि धेरैको जिज्ञासालाई शान्त पार्न शिल्पाले यसो भनेकी थिइन् ।

शिल्पाले जे भनेकी थिइन् अहिले त्यही हुने भएको छ । छविराजको शिल्पासँग सम्बन्ध टुट्ने भइसकेको छ । उनीमाथि शिल्पाले प्रहरीमा उजूरी दिंदा जेठी पत्नी हेमा ओझाले बहुविवाहको उजूरी हालिन् । महानगरीय प्रहरी वृत्त गौशालामा उजूरी परेपछि छविमात्र नभई शिल्पा पनि जेल जान सक्छन् ।
यो पनि पढ्नुहोस्

छविले हेमासँग पारपाचुके गरेका रहेनछन् । बाहिर पारपाचुकेको हल्लामात्र रहेछ । किशोरावस्थामै छविले हेमासँग प्रेम विवाह गरेका थिए । दुई वर्षको प्रेमसम्बन्धपछि विवाहमा परिणत भएको थियो ।

दुवैबाट दुई छोराको समेत जन्म भइसकेको थियो । तर, धरानबाट फिल्मी दुनियाँमा सफल हुन काठमाडौं पसेका उनी यतै रमाउन थाले । हेमासँग पारपाचुके भयो । छवि गीताञ्जली सुनुवारसँग प्रेममा परे । दुवैको प्रेम फष्टायो । एक छोराको जन्म भयो ।

छवि मुम्बई पुगेर बेवास्ता गर्न थाले । गीताञ्जली डिप्रेसनको रोगी भइन् । औषधी सेवन गर्न थालिन् । छविकै बेवास्ताका कारण आत्महत्याको अवस्थामा पुगिन् ।

गीताञ्जलीपछि छविको भेट रेखा थापासँग भयो । करिअरका लागि दौडिरहेकी छविले रेखालाई नायिका बनाइदिए । रेखासँग विवाह गरे ।
रेखासँगको सम्बन्ध १२ वर्षसम्म टिक्यो । उमेरको फरकबारे औल्याउँदा रेखाले आफूलाई छविले असाध्यै माया गर्ने भनिन् । लालजोडी जस्तै देखाइन् । तर, रेखासँगको सम्बन्ध लिभिङ्ग टुकेदर जस्तै भयो । दुवैबीच सम्बन्ध बिग्रियो । रेखा आफ्नो बाटो लागिन् । उनी राजनीतिमा सक्रिय हुन थालिन् ।

रेखापछि छविले शिल्पा रोजे । शिल्पाले छविसँगको सम्बन्धबाट चलचित्रमा नाम पनि कमाइन् । यो सम्बन्ध लामो टिकेन । स्थिति तनावमा पुगेर दुःखद अन्तमा टुंगिदैछ ।

छविको पहिलो पत्नीले मुद्दा दायर गरेपछि स्थिति नाटकीय मोडमा पुग्दैछ । उनी कतै पुरानै पत्नीसँग घरजममा त पुग्ने होइनन् रु पछिल्ला दुईवटीसँगको पारपाचुके र एउटीको आत्महत्या पछि छविका लागि पुरानै पत्नी विकल्प हुन सक्छिन् । नत्र उनी जेल जानुपर्ने हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्