Logo

हँसियाले हानेर छोराबाट बाबुको हत्या



कैलाली । हँसिया प्रहार गरी छोराले वृद्ध बाबुको हत्या गरेका छन् । मादक पद्धार्थ सेवन गरी ५५ वर्षीय उदय रावतले बाबु र आमा दुवैमाथि हँसिया प्रहार गरेका थिए ।

घोडाघोडी नगरपालिका सिसैया टोलमा भएको घटनामा ७५ वर्षीय बाबु काल्चे रावतको निधन भएको छ । आमा नन्दा रावतको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले उदय रावतलाई ६ साउनको विहान पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्