Logo

के मोदीले भारत—पाकबीच मध्यस्थताका लागि ट्रम्पलाई गुहारेका हुन् ?



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काश्मिर विवादमा आफूलाई मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अनुरोध गरेको दाबी गरे । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई ह्वाइट हाउसमा भेटेपछि ट्रम्पले काश्मिर मामलामा आफू मध्यस्थता गरिदिन तयार रहेको समेत भने ।

मोदीको अनुरोध भन्दै ६ साउनमा ट्रम्पलेले भने, “के मध्यस्थकर्ता बनिदिनुहुन्छ ? उनले ठ्याक्कै भनेका थिए ।” मैंले सोधें, “कहाँ ?” उनले जवाफ दिए, “काश्मिर ।” किनभने यो धेरै धेरै वर्ष देखि यसरी नै गइरहेको छ । मैंले भनें, “यदि मैंले सहयोग गर्न सक्छु भने मध्यस्थकर्ता हुन मनपराउँछु ।”

ट्रम्पले यसो भनेपछि इमरान खानले काश्मिर विवाद सदाको लागि सुल्झाउने मध्यस्कर्ता बनिदिए डोनाल्ड ट्रम्पले भारतीय उपमहाद्वीपका अरबौं जनताबाट आभार पाउने बताए ।


ट्रम्पले आफूलाई मध्यस्थकर्ता बन्न भारतीय प्रधानमन्त्री मोदीको अनुरोध रहेको बताउने वित्तिकै भारतीय पक्षले खण्डन गरेको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता रविश कुमारले मोदीबाट त्यस्तो कुनै अनुरोध नभएको बताए । उनले टेवीटमार्फत भनेका छन्, “यस्तो कुनै अनुरोध प्रधानमन्त्री नरेन्द्र मोदीबाट भएको छैन । सबै किसिमका विषयहरु भारत र पाकिस्तानबीच द्विपक्षीय छलफलबाट हुने भारतको धारणा रहेको छ ।”

भारत र पाकिस्तानबीच काश्मिर विवाद दशकौं देखि चल्दै आएको छ । समग्र काश्मिरको भूभागमा भारत, पाकिस्तान र चीनको आधिपत्य कायम भएको छ । यसले भारत र पाकिस्तानबीच द्वन्द्वको मुख्य कारण बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्