Logo

विदेशीको बढ्दो चासो, नेपालको सामरिक महत्व कि हस्तक्षेप ?



काठमाडौं । नेपालमा विदेशीको चासो ह्वात्तै बढेको छ । शक्तिशाली देशहरुबाट राजनीतिक तहमा कमै भ्रमण हुने भएपनि कर्मचारी र सैन्य तहमा भेटघाटले गति लिदै गएको छ ।

भारत, चीन, अमेरिका र बेलायतबाट सैन्य तहमा भेटघाट हुँदै आएको छ । नियमित भेटघाटमा आउने जाने क्रम चलिरहने भनिएपनि पछिल्लो समय नेपाल शक्तिराष्ट्रहरुको चासोमा परेको छ ।

अमेरिकाले एशिया प्यासिफक रणनीति अन्र्तगत नेपाललाई समेट्न खोजेको विषय चर्चामा आयो । एशिया प्यासिफक क्षेत्र हेर्ने अमेरिकी र अन्य देशका गुप्तचर अधिकारीहरु नेपाल आई भेला गरेको विषय बाहिर आयो । अमेरिकाले नेपाललाई एशिया प्यासिफक क्षेत्रको महत्वपूर्ण केन्द्र बन्न सक्ने सार्वजनिक रुपमा उल्लेख गर्यो ।

चीनबाट सैन्य तहमा भेटघाट हुँदै आएको छ । यो विगतको तुलनामा बढेको हो । राजनीतिक तहमा कमै भ्रमण हुने भएपनि सैनिक तहमा आवतजावत बाक्लिएको छ ।

भारतसँग नेपालको विशेष सैन्य सम्बन्ध छ । दुवै पक्षबीच भ्रमण भइरहन्छ । भारतका गुप्तचर अधिकारीहरु बेला बेलामा नेपाल आइरहन्छन् । उनीहरुले राजनीतिक र सैन्य तहमा गोप्य भेटघाट गर्ने गरेको खुलासा हुनेगरेको छ ।

बेलायतबाट सैन्य तहको भ्रमण भइरहन्छन् । बेलायतसँग पनि नेपालको सैन्य सम्बन्धको लामो इतिहास छ ।

सामरिक स्वार्थमा सतर्कता
शक्तिशाली देशहरुबाट हुने भ्रमण नेपालमा चासो बढेको संकेत हो । बलिया देशहरुले आफ्नो प्रभाव बढाउन विभिन्न सूत्रमार्फत प्रयास गरिरहन्छन् । आफ्नो रणनीतिक स्वार्थ देखाउन खोज्छन् । तर, यसमा नेपाली पक्ष सचेत र सतर्क हुनुपर्छ ।

नेपाललाई सामरिक स्वार्थ देखाउन क्रिडास्थल कदापि बन्न दिनुहुँदैन । चासोलाई राष्ट्रिय हितमा लगाउन सके मात्र देशको हित हुन्छ । अन्यथा विदेशीको सामरिक स्वार्थको खेलौंना बन्दा देश संकटमा धकेलिन सक्छ । Photo: communicafe



प्रतिक्रिया दिनुहोस्