Logo

गृह मन्त्रालयका गाडी ‘ह्वील लक’ गर्ने ट्राफिकमाथी कारवाही



काठमाडौं, साउन ७ । सडकमा जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडी ‘ह्वील लक’ गर्ने ट्राफिक प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।

सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीलाई एक हजारको चिट सहित महानगरीय ट्राफिक प्रभाग अनामनगरका प्रहरी जवान बुढा र कुमारले ह्वील लक गरेका थिए ।
आफ्नो डिउटी राम्रो संग निभाएको भन्दै द्वय ट्राफिक प्रहरी जवान बुढालाई सडकमै युवाहरुले सम्मान गरेको तस्बिर पनि केहि समय अघि भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीका जवानले गरेको कामको प्रसंसा र गृह मन्त्रालयका अधिकारीहरुलाई गाली आउन थालेपछि टिकाराम र कमलेशलाई स्पष्टिकरण सोधिएको छ ।

गृह मन्त्रालयले दबाब बढाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी शैलेस थापा क्षेत्रीको निर्देशनमा ट्राफिक महाशाखाले प्रहरी जवान टीकारा र कमलेशलाई ट्राफिक महाशाखामा बोलाएर स्पष्टिकरण सोधेको ट्राफिक प्रहरी स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्