Logo

नेता/कार्यकर्तालाई रिहाई नगरे प्रतिरोध गर्ने विप्लवको चेतावनी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमाथि गम्भिर आरोप लगाएका छन् । वर्तमान सरकार वार्ताको पक्षमा नदेखिएको विप्लवको आरोप छ ।

वार्ताको प्रचार गरेर सरकार आफ्ना नेता/कार्यकर्तालाई गिरफ्तार, हत्या र झूटा मुद्दा लगाएर धरपकडमा उत्रिएको भन्दै विप्लवले सरकार शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको दाबी गरेका हुन् । उनले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा नगरे पार्टीले योजनावद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्