Logo

मापसेबाट बच्न प्रहरीलाई एक हजार घुस



भक्तपुर । प्रहरीलाई एक हजार घुस दिन खोज्ने व्यक्ति पक्राउ परेका छन् । ६ साउनको राति सूर्यविनायक घलातेस्थित डिउटीमा खटिएको प्रहरीलाई एक हजार घुस दिएर मापसे कारबाहीबाट बच्न खोज्दा मिन बहादुर तामाङ पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका ३५ वर्षीय तामाङ चेकिङ्गमा परेका थिए । उनले चेकिङ्गबाट फुत्कन एक हजारको नोट निकालेर कुरा यही मिलाऊँ भनेका थिए । आर्थिक प्रलोपनमा पार्न खोजेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्