Logo

पाँच हजार घुससहित ट्राफिक प्रहरी रङ्गेहात पक्राउ



इटहरी । पाँच हजार घुससहित ट्राफिक प्रहरी रङ्गेहात पक्राउ परेका छन् । अस्थायी ट्राफिक प्रहरी पोष्ट कोशी कटान, सुनसरीमा कार्यरत प्रहरी जवान भरत कटुवालले काँकडभिट्टा- काठमाडौं चल्ने गाडी संचालनमा सहजता गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

प्रहरी जवान भरत कटुवाललाई सेवाग्राहीसँगपाँच हजार घुस वापतको रकम लिइसकेको अवस्थामा इटहरी उपमहानगरपालिका वडा नं. ५ स्थित पूर्व–पश्चिम सडकको दक्षिण किनाराबाट उक्त रकम सहित ६ साउनमा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्