Logo

हराएको कुकुर भेटाउनेलाई घर तथा जग्गा उपहार



काठमाडौं, साउन ७ । आफ्नो हराएको कुकुर फेला पार्ने व्यक्तिलाई कुकुरका मालिकले पुरुस्कार स्वरुप घर तथा जग्गा दिने प्रस्ताव राखेका छन । अमेरिकाको टक्सन निवासी एडी कोलिन्स नाम गरेका उनले आफ्नो हराएको चिहुवाहुवा प्रजातिको कुकुरलाई खोज्न महिनौं बिताए पनि अझै भेटाउन नसक्दा भेटाउनेलाई एउटा बेडरुम भएको घर र जग्गा दिने घोषणा गरेका हुन् ।

जेनी नाम गरेको उक्त कुकुर गत अप्रिलमा हराएदेखि प्रत्येक दिन कुकुरलाई खोजिरहेका छन् । जताततै खोजेपनि कतै पाउन नसकेपछि उनले कुकुर पाउने व्यक्तिलाई उपहार दिने निधो गरे । कुकुर खोजेर ल्याइदिने व्यक्तिलाई उनले एक बेडरुम भएको घर, उनको वर्कसप र जमिन उपहारस्वरुप दिनेछन् ।

‘मैले जताततै खोजिसकेँ,’ दुःखी एडी कोलिन्सले न्यूज फोर टक्सनलाई भने । ‘म एक टुक्रा जमिन, एउटा बेडरुम भएको घरको प्रस्ताव दिँदैछु । म कुनै प्रश्न नसोधी जग्गा, वर्कसप सबै दिनेछु । म जेनी फिर्ता होस् चाहन्छु ।’

जेनीको फोटो समोतका एडीको फोटो निकै भाइरल भइरहेको छ । यसमा मेसेज लेखिएको छ, ‘के तपाईंले मलाई देख्नुभएको छ ? मलाई मेरो ड्याडीले खोजिरहनुभएको छ । यदि मलाई घर फिर्ता जान सहयोग गर्नुभयो भने उहाँले तपाईंलाई एउटा बेडरुम भएको घर, एउटा वर्कसप र जग्गा दिनुहुनेछ ।’



प्रतिक्रिया दिनुहोस्